तनहुँ-१ मा हुने उपनिर्वाचनमा दुई हजार सुरक्षाकर्मी परिचालन
तनहुँ | बैशाख ९, २०८०
तस्बिर फाइल
तनहुँ: आइतबार हुने तनहुँ-१ को उपनिर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्ला सुरक्षा समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षाको दृष्टिकोणले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी विभाजन गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
उनले मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने र उनीहरुलाई पछिल्लो घेराबाट नेपाली सेनाले साथ दिने बताए ।
निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाउन सबैभन्दा धेरै नेपाल प्रहरी एक हजार छ सय, सशस्त्र प्रहरी ४४२, नेपाली सेना पाँच सय र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रिजालको भनाई छ । यसका अतिरिक्त सदरमुकाम दमौलीमा रिजर्व फोर्स पनि तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार परिचालन गरिने उनले बताए ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

